देउवालाई दनक दिए लगत्तै केपी ओलीले यसरी विघटन गरे आफैं प्रमुख रहेको कमिटी



हाम्रो इकोनोमि

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित निर्वाचन परिचालन समिति भंग गरेको छ ।

उसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिचालन गर्न ओली नेतृत्वमा गत २४ असोजमा स्थायी समितिले दुवै तहको निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको थियो । ओलीले सोमबारदेखि उक्त कमिटी भंग गरेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहित सबै पदाधिकारी तथा केन्द्रीय पोलिट्ब्युरो र केन्द्रीय समितिका सबै नेता थिए । बाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलन सकिए लगत्तै होटल अन्नपुर्णमै कमिटी भंग भएको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...