एमाले संग एकता नहुदै माओबादीमा यसरी जादैछ भुकम्प,यी दुई भाईले प्रचण्डलाई थर्काउदै एकता अगाडी पार्टी फुटाउन यसरी थाले तयारी



पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ ।

असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीति लिएको छ । एकता विरोधीको समेत दुई खेमा छ । एक खेमाको नेतृत्व गोपाल किराती र अर्को खेमाको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ ले गरेका छन् । पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक–फरक छ । किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् । आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको तर्क गर्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् ।

किराती पूर्वमा सशस्त्र संघर्ष गरेको तत्कालिन किरात वक्र्स पार्टी र आहूति नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालिन एकता–केन्द्र मसालसँगै पार्टी एकतामा आएका हुन् । किरातीमाथि अतिजातिवादीको आरोप लाग्दै आएको छ । तर, किराती त्यसलाई अस्वीकार गर्छन् । उनले आफूले उठाएको पहिचानको मुद्धा विगतमा पार्टीले लिएको ‘अफिसियल’ धारणा भएकाले आफूलाई जातिवादी भन्न नमिल्ने बताए । तत्कालिन नेकपा माओवादीले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको नारा दिएकाले विचार मिलेका कारण माओवादी आन्दोलनमा समाहित भएको तर्क किरातीको छ ।

किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले माक्र्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनी फर्किएका थिए । यद्यपि पछिल्लो समय उनी पार्टीको सक्रिय गतिविधिमा छैनन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा समेत किराती गएनन् ।

आहूति माओवादीमा माक्र्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । उनले वषौंदेखि आदरपूर्वक नेता मान्दै आएका नारायणकाजी श्रेष्ठ भने पार्टी एकताका सूत्राधार बनेका छन् । श्रेष्ठ कुनै हालतमा एकता भाँडिन नहुने भन्दै गोरखा–२ बाट निर्वाचनमा पराजित भएपछि पनि एकता प्रयासलाई सार्थक निस्कर्षमा पु-याउन सक्रिय भएका छन् ।

आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा किराती र आहूति पुगेका छन् । तर, एकता गर्न नहुने फरकफरक कारण औंल्याएका उनीहरु एक हुने सम्भावना भने कमै छ । दुवै नेताले आफूसँग समान धारणा राख्ने पार्टी नेता कार्यकर्तासँगको छलफल तीव्र पारेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७४, मंगलबार  ०५ : ४५  बजे

प्रतिक्रिया दिनुहोस
वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने

    नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार

विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा