समाचार

आज विश्वकर्मा पूजा, धातुजन्य उपकरणको पूजा गरिँदै

  आज विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी मनाइँदैछ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भिड लागेको छ