काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द



हाम्रो इकोनोमि

 

लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले  जानकारी दिए ।

विमानस्थलबाट हुने उडान भने रोकिएको  छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

वायु  सेवा  कम्पनीहरुका अनुसार मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका छन् । काठमाडौंमा निरन्तरको वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...