कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते
चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३– ००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिन जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली खटिएको छ । दुर्घटनापछि बाटो बन्द रहेको छ । घाइतेलाई स्थानीय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ताडिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

