देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने गतिविधिमाथि केन्द्रीय अनुशासन समितिले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ । पार्टीको नाममा आधिकारिक अधिवेशन प्रक्रियाभन्दा बाहिरका गतिविधि भइरहेको भन्दै अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर अधिवेशनलाई लक्षित गर्दै समितिले पार्टी हितविपरीत तथा अनुशासन उल्लङ्घन हुने गतिविधिमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको छ । अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पदाधिकारी, निर्वाचित प्रतिनिधि, जनप्रतिनिधि तथा क्रियाशील सदस्यसहित सबैलाई पार्टीको नीति, विधान र अनुशासनको सीमाभित्र रहेर गतिविधि गर्न निर्देशन दिएका छन् ।

पार्टीका कतिपय पदाधिकारी, नेता तथा जनप्रतिनिधिहरू नै पार्टीको नाममा हितविपरीतका गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ । त्यस्ता गतिविधिमाथि समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताएका छन् । पार्टीको मर्यादा र आधिकारिक प्रक्रियाविपरीतका गतिविधि नरोकिए तत्काल अनुशासनसम्बन्धी कारबाही अघि बढाउने समितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...