देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने गतिविधिमाथि केन्द्रीय अनुशासन समितिले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ । पार्टीको नाममा आधिकारिक अधिवेशन प्रक्रियाभन्दा बाहिरका गतिविधि भइरहेको भन्दै अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर अधिवेशनलाई लक्षित गर्दै समितिले पार्टी हितविपरीत तथा अनुशासन उल्लङ्घन हुने गतिविधिमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको छ । अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पदाधिकारी, निर्वाचित प्रतिनिधि, जनप्रतिनिधि तथा क्रियाशील सदस्यसहित सबैलाई पार्टीको नीति, विधान र अनुशासनको सीमाभित्र रहेर गतिविधि गर्न निर्देशन दिएका छन् ।

पार्टीका कतिपय पदाधिकारी, नेता तथा जनप्रतिनिधिहरू नै पार्टीको नाममा हितविपरीतका गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ । त्यस्ता गतिविधिमाथि समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताएका छन् । पार्टीको मर्यादा र आधिकारिक प्रक्रियाविपरीतका गतिविधि नरोकिए तत्काल अनुशासनसम्बन्धी कारबाही अघि बढाउने समितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...