चितवनको खैरेनीमा आाधुनीक शीत भण्डारको शिलान्यास गरे मन्त्री लामाले



हाम्रो इकोनोमि

 

चितवनको खैरेनी नगरपाकिला वडा नं. ९ मा आाधुनीक प्रविधियुक्त शीत भण्डारको शिलान्यास भएको छ । आज प्रदेश न ३ भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उक्त भण्डारको शिलान्यास गर्नुभएको हो । प्रदेश नं. ३ भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगरभित्र रहेका सहकारीहरुको ३० प्रतिशत करिब १३ करोड लगानीमा निर्माण हुन गहिरहेको उक्त शीत भण्डारको शिलान्यास गरिएको छ ।

शिलान्यासका क्रममा बोल्दै मन्त्री लामाले निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । संघियता कार्यान्वयनसँग तीनै तहका सरकारको एकमात्र लक्ष्य समृद्ध नेपाल सुखी नेपालीको भएकाले उक्त अभियानलाई सार्थकतामा पुर्याउन आम नागरिक, निर्माण कम्पनी, विभिन्न संघसंस्थालगायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले राजनीतिमा प्रतिपर्धा विकासमा ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

 

समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा दैडिएको नेपालमा एक पछि अर्को गर्दै जनताले प्रत्यक्ष देख्ने र प्रयोगमा ल्याउन सक्ने प्रकारका साना तथा ठूला विभिन्न प्रकारका आयोजनाहरु तिव्र गतिका साथ कतिपय निर्माण सम्पन्न हुन थालेका छन् भने कतिपय निर्माण शुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...