पूर्वपत्नी इशा नेपाल आउँदा रविलाई तनाव



हाम्रो इकोनोमि

 

अदालतमा मुद्धा खेपिरहेका रवि लामिछानेलाई अर्को तनाव थपिएको छ । उनकी पूर्वपत्नी इशा दुई छोरीलाई अमेरिका छोडेर आफू मात्र नेपाल आउन लागेपछि रविलाई तनाव थपिएको हो ।

इशाले नेपाल फर्केर रविका विषयमा मुख खोल्न सक्ने संभावनालाई मध्यनजर गर्दै रविलाई तनाव वढेको बताईन्छ ।

इशा असोजको दोस्रो हप्ताभित्र नेपाल आउने तयारी गरिरहेको बुझिएको छ । उनी कहिले आउने हुन भन्ने दिनबारे केही खुलाएकी छैनन् । आउने दिनको खुलासा भएमा मिडिया पछि लाग्न सक्ने भन्दै उनले आउने दिन गोप्य राखेकी छन् ।

अमेरिकामा रहेकी दुई छोरीलाई भने इशाले ल्याउने नल्याउने विषयमा प्रष्ट्याएकि छैनन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने नराख्ने टुंगो भोली लाग्नेछ । उच्च अदालत हेटौंडामा लामिछाने उपरको मुद्धामा सुनुवाई भोली हुँदैछ ।

यसअघि चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका थिए । रिहाको विरुद्धमा सरकारी वकिल निवेदनसहित उच्च अदालत पुगेको छ । उनीविरुद्ध फैसला भए दशैंको मुखमा चितवन कारागार चलान हुने सम्भावना रहन्छ । पक्षमा फैसला भए उनी विगतमा झै सक्रिय रहन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...