नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ को स्थानीय चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । देउवाले १३६ स्थानीयतहमध्ये ८० वटा तहमा जित हात पारेर पहिलो ठूलो दल बन्ने दाबी गरे ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएकोे छ ।