१३६ स्थान मध्ये ८० ठाउ जित्ने यसरी सुनाए देउवाले सुत्र,२ नम्बर प्रदेश कब्जा गर्ने कांग्रेसको यस्तो छ दाउ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ को स्थानीय चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । देउवाले १३६ स्थानीयतहमध्ये ८० वटा तहमा जित हात पारेर पहिलो ठूलो दल बन्ने दाबी गरे ।

प्रदेश नम्बर २ को चुनावका लागि प्रभावकारी रणनीति तय गरेर मधेश जाने तयारीमा देउवा छन् । विगतमा त्यस क्षेत्रमा भएको कांग्रेसको साख जोगाउनुपर्ने चुनौतिमा रहेको कांग्रेसले पहिलो ठूलो दल बन्नका लागि आन्तरिक रुपमा रणनीति बनाइरहेको देउवाले बताए ।

७० सालको संविधानसभामा त्यस क्षेत्रमा सबैभन्दा धेरै स्थानमा जित हात पारेको कांग्रेसले विगतको अवस्थालाई जोगाउनका लागि पनि रणनीतिसहित चुनावमा जानुपर्ने देखिएको छ । चार वर्षको अवधिमा राजनीतिक घटनाक्रमले धेरै मोड लिइसकेकाले संविधानसभाको चुनावको जस्तै राम्रो नतिजा ल्याउने गाह्रो छ भन्ने बुझेका देउवाले विमलेन्द्र निधीलाई चुनावमा सफलता हात पार्न मुख्य जिम्मेवारी पनि दिएका छन् ।
केही ठाउँमा माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव जित्ने लक्ष्य कांग्रेसको छ ।
संविधान संशोधनका सवालमा लचक देखिएर मधेशका जनताको मन जित्ने प्रयास गरेको कांग्रेसले संशोधन प्रस्ताव पास गराउन नसके पनि संशोधनको मुद्दालाई जिवितै राखेको छ ।
संविधान संशोधनमा सहयोग नगरेको एमाले मधेशमा कमजोर छ भन्ने अनुमान भइरहेका बेला देउवा भने कांग्रेस ठूलो दल बन्ने विश्वास समेत लिएका छन् । यद्यपी यसअघिको चुनावमा राम्रो जनमत बटुलेको एमालेले मधेशमा जित हासिल नगर्ला भन्न सकिदैन । अर्कोतिर मधेशको मुद्दालाई बाकेर राजनीति गरेको राजपा पनि ठूलै चुनौति बनेर देखा परेको छ ।
यद्यपी मधेशको जनमत नेपाली कांग्रेसतिर रहेको देउवाको जिकिर छ । चुनावका लागि केहि दिनमा नै मधेश जाने देउवाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...