अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी



हाम्रो इकोनोमि

 

 

 प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए ।

‘हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ । विसं २०१५ पछि जनताबाट प्राप्त उत्साहसहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद र सरकारको कर्तव्य हो’, उनले भनिन्, म निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसद्को नियमावली, संसदीय अभ्याससहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ । म हरेक सांसदको विशेषाधिकारको रक्षकका रुपमा काम गर्नेछु ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...