इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत



हाम्रो इकोनोमि

 

 

इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट पारेको छ । इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरु आवागमन गर्न दिइएको बताएका हुन् ।

मुम्बइस्थित इरानी कन्सुलेटले विदेशमन्त्रीको बयान जारी गर्दै अमेरिका र उसका सहयोगीहरुलाई भने हर्मुज बन्द रहेको र जबर्जस्ती गरिए बमले उडाउने धम्की समेत इरानले दिएको छ ।

हर्मुज जलघाँटी विश्व्भर तेल र ग्यास आपूर्तिका लागि रणनीतिक मार्ग मानिन्छ जुन इरानको तटीय क्षेत्र हुँदै अघि बढ्छ । इजरायल र अमेरिकी आक्रमणपछि इरानले यो मार्ग बन्द गरेको छ भने यहाँबाट अघि बढ्ने कतिपय जहाजमाथि हमला समेत भएको छ ।
अमेरिकाले हर्मुज खुलाउन अनेक प्रयास गरे पनि नसकेपछि धम्कीको साटो युद्धविराम र वार्ताको प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...