इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत



हाम्रो इकोनोमि

 

 

इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट पारेको छ । इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरु आवागमन गर्न दिइएको बताएका हुन् ।

मुम्बइस्थित इरानी कन्सुलेटले विदेशमन्त्रीको बयान जारी गर्दै अमेरिका र उसका सहयोगीहरुलाई भने हर्मुज बन्द रहेको र जबर्जस्ती गरिए बमले उडाउने धम्की समेत इरानले दिएको छ ।

हर्मुज जलघाँटी विश्व्भर तेल र ग्यास आपूर्तिका लागि रणनीतिक मार्ग मानिन्छ जुन इरानको तटीय क्षेत्र हुँदै अघि बढ्छ । इजरायल र अमेरिकी आक्रमणपछि इरानले यो मार्ग बन्द गरेको छ भने यहाँबाट अघि बढ्ने कतिपय जहाजमाथि हमला समेत भएको छ ।
अमेरिकाले हर्मुज खुलाउन अनेक प्रयास गरे पनि नसकेपछि धम्कीको साटो युद्धविराम र वार्ताको प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...