ओलीले राजपा लाई यसरी तर्साए,ओलीको उर्दी पछी मधेसमा भीडन्तको खतरा !



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता र कार्यक्रमलाई अवरोध पुगाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति दिँदै अध्यक्ष केपी शर्मा ओली तराई–मधेस झर्ने भएका छन् ।

ओली मधेस झर्दा गत वर्ष सप्तरीमा ५ जनाले ज्यान गुमाएका थिए । त्यसयता ओली मधेस, खासगरी दुई नम्बर प्रदेशमा जान सकेका छैन् । ‘आँप, माखे साङलो, विहारी’ जस्ता शब्द प्रयोग गरेर आफूहरुको अपमान गरेको भन्दै राजपाका कार्यकर्तासहित मधेसी जनता ओलीप्रति बढी आक्रोशित छन् । उनको आक्रोश अझै मरेको छैन् । मधेसमा एमालेभन्दा पनि ओलीप्रति बढी आक्रोश छ । त्यसैकारण अन्य नेता कार्यकर्तालाई खासै असर नपरेपनि ओली मधेस झरे फेरि हिंसा बढ्किने आशंका छ ।

दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि ओली तराई झर्ने भएपनि सुरक्षा निकायदेखि समाजका अगुवाहरुले शान्त हुँदै निर्वाचनको वातावरण बनिरहेको मधेसमा फेरि हिंसा भड्किने हो कि भनी चिन्ता गरेको स्रोतले बतायो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आज विहान आफ्नो एक अन्तर्वार्तामा अध्यक्ष ओली निर्वाचन प्रचार प्रसारका लागि तराई जाने तयारीमा रहेको कुरा सार्वजनिक गरेका थिए ।

‘एमाले अध्यक्ष आफ्ना उम्मेदवारहरूको पक्षमा मत माग्न तराई मधेस जाने तयारीमा हुनुहुन्छ’, नेम्वाङले भनेका थिए, ‘एमाले र एमालेका नेताहरूलाई तराई मधेस जानबाट कसैले रोक्न सक्दैनन् । अहिले पनि एमालेका नेताहरू तराईमा गएर आफ्ना उम्मेदवारहरूका पक्षमा भोट मागी रहनु भएको छ ।’

एमालेका नेताहरूलाई तराईमा प्रचार प्रसारका लागि जानबाट राजपा नेपालका नेता तथा कार्यकर्ताले अबरोध पुगाइ रहेका बेला ओली तराई झर्ने कुराले मधेसमा फेरि आगो बल्ने होकि भन्ने चिन्ता बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...