देउवालाई कुर्सीबाट एमालेले घिसार्ने भन्दै यसरी कुर्लिए रावल



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले स्वेच्छचारी रुपमा प्रादेशिक प्रशासकहरु नियुक्ती गरिरहेको भन्दै उक्त नियुक्ती तत्काल नरोके एमालेले वर्तमान सरकारको विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले वर्तमान सरकारको म्याद चार महिना मात्रै बाँकी रहेको उल्लेख गर्दै भने,‘यो सरकारको म्याद अब चार महिनामात्रै बाँकी छ, तर अहिले प्रदेशहरुमा धमाधम प्रशासकहरु नियुक्ती गरिरहेको छ भन्ने कुरा आएको छ, त्यसको लागि हामीसँग कुनै परामर्श गरेको छैन्, यदि यसैगरि स्वेच्छचारी ढंगले नियुक्ती गरियो भने एमालेले प्रतिवाद गर्छ, हामी हदैसम्मको कदम चाल्न बाध्य हुनेछौं।’

यद्यपि, उनले एमालेलाई अहिले नै सरकारमा जान हतार नभएको समेत जिकिर गरे । रावलले भने, ‘हामीलाई दुई–चार दिन सरकारमा जान रुचि छैन्, एमालेले अब बहुमत ल्याएर नेपाली जनताहरुको ढुकढुकीमा बसेर बहुमतको सरकार चलाउँछ।’

साक्षात्कारमा बोल्दै उनले निर्वाचन मिति घोषणा भैसकेको र निर्वाचन आचारसंहिता समेत लागु भैसकेको अवस्थामा वर्तमान सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध मनपरी र स्वेच्छचारी ढंगले कर्मचारीहरुलाई जथाभावी चलाउने काम गरेको आरोप लगाए । उनले भने,‘निर्वाचन आयोगकै सचिवलाई सरकारले तीन चोटी सरुवा गर्यो, अब यस्तो काम बन्द गरोस्।’

त्यस्तै उनले वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको समेत आरोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला आफ्नो देशको प्रतिरक्षा गर्नुको साटो चाकडीको भाषणा गरेको समेत आरोप लगाए ।

रावलले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा टिप्पणी गर्दै भने, ‘उनले यो देशलाई सार्वभौमसत्ता सम्पन्न ठान्नुभएको छ वा कसैको इकाई ? भ्रमणका बेला भएको संयुक्त वक्तव्यमा समेत कतिपय बुँदामा नेपाली मनलाई घोच्ने कुराहरु उल्लेख भएका छन्।’

देउवाको भारत भ्रमणको बेलामा भएका कतिपय गम्भिर विषयमा आफूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा कुरा उठाएपनि प्रधानमन्त्री देउवाले सार्वभौमसत्ता सम्पन्न संसदमा आएर बोल्न नसकेको गुनासो पोखे ।

 

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार  १२ : १०  बजे

प्रतिक्रिया दिनुहोस
एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

घुस काण्डका मन्त्रीले दिए राजीनामा

     घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार