कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

नेता मीन विश्वकर्माले सर्वोच्चले कांग्रेस आधिकारिकताको मुद्दा टुंगो नलगाएसम्म आफूहरूको कमिटीको बैठक, छलफल जारी रहने बताए । आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको उनको भनाइ छ ।

विश्वकर्माले  भने, केन्द्रीय कार्यसम्पादन समितिका उपलब्ध सदस्यहरूको बैठकले केन्द्रीय समितिमार्फत चुनावी समीक्षा गर्ने र आगामी रणनीति तय गर्ने निर्णय गरेको छ । उहाँले शीर्ष नेतासँगको सहमतिमा मिति तय गर्नु हुनेछ ।

स्रोतका अनुसार बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाणलगायतका २ दर्जन जति नेता सहभागी थिए । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति अस्वीकार गरेको देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...