प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट हुनुपर्छ : डा लोहनी



हाम्रो इकोनोमि

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताउनुभयो ।

माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।”

भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...