अर्थमन्त्री खतिवडाले सही र यथार्थपरक बजेट ल्याएको पूर्वअर्थमन्त्री कोइरालाको भनाई
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा रुपान्तरणका लागि बजेटले सही दिशा समातेको भन्दै बिरोध गर्नेहरुलाई नबुझी गरेको टिप्पणीको संज्ञा दिनुभएको छ । श्रम र उत्पादनलाई जोड दिएर समृद्धिको जग बसाल्ने बजेट आएको भन्दै पूर्वअर्थमन्त्री कोइरालाले अहिलेको आवश्यकतालाई बजेटले समातेको बताउनु भयो ।