१२ वर्ष अघी बालुवाटार बाटै सार्बजनिक भएका प्रचण्डले सोही दिन पारेर भोली ओली संग यसरी मिलाउदैछन् लोली



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको पहिलो बैठक भोलि बस्ने भएको छ। २ असार अपरान्ह ३ बजेका लागि नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार त्यसअघि २ बजे केन्द्रीय सचिवालयको बैठक बस्नेछ। बैठकका लागि चारवटा एजेन्डा तय भएका छन्।

तिनमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने, संगठनात्मक कामहरुको सम्बन्धमा दुबै महासचिवको ब्रिफिङ, महासचिवको नेतृत्वमा बनेको कार्यदलले बनाएको नियमावली अनुमोदन र चीन भ्रमण रहेका छन्।

नेकपा स्थायी समिति ४९ सदस्यीय छ, जसमा पूर्व माओवादी केन्द्रबाट २० र पूर्व एमालेबाट २९ जना छन्। सुरुमा ४५ सदस्यीय रहेपनि पछि ४ जना थपेर स्थायी समिति ४९ सदस्यीय बनाइएको हो।

संयोग त के भने, १२ बर्षअघि २ असारकै दिन तत्कालिन नेकपा (माओवादी) केन्द्रका अध्यक्ष रहेका प्रचण्ड तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको वार्तापछि बालुवाटारमै पत्रकार सम्मेलनमार्फत पहिलो पटक सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...