कृषिमन्त्रीले नापीका भ्रष्ट कर्मचारीको यस्तो बनाए सूची,तीन पुस्ते उतारेर डण्डा बर्साउने



कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नापी कार्यालयमा सुधारको प्रयास गरिएको दाबी गरेका छन्। भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले मालपोत र नापी कार्यालयमा बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको गोप्य सूची तयार गरिरहेको बताए।

‘अब गलत गतिविधि गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन, सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्छ,’ उनले भने।

भूमि सम्बन्धी नयाँ नीति ल्याइन लागेको जानकारी दिँदै उनले जग्गा प्लटिङमा बिचौलैया र दलाली प्रवृत्ति अन्त्य गर्ने बताए। ‘आवासयोग्य जग्गा खरिद बिक्रीको लागि वैधानिक कम्पनीमार्फत हुने गरी कर प्रणालीमा ल्याउँछौं,’ मन्त्री खनालले भने, ‘अब कोही ठगिनुपर्दैन।’

अब कुनै पनि नागरिक सुकुम्बासी हुनुनपर्ने उनको भनाइ थियो। जमिनलाई नयाँ तरिकाले वर्गीकरण गरी कार्यान्वयन गरिने र कृषियोग्य जमिनमा घर बनाउन नदिइने उनले बताए। ‘आवासयोग्य भूमिमा बढी कर लगाइन्छ र कृषि प्रयोजनको लागि लिजमा भूमि लिने दिने व्यवस्था लागू हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई