संसदबाट निस्के हुन्छ, ढोका खुल्ला छ, केही फरक पर्दैन भन्दै यसरी झपारे योगेश भट्टराईले कांग्रेसलाई



हाम्रो इकोनोमि

संसद छाडेर जनतामाझ सडकमा जाने काँग्रेसको चेतावनी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले संसद छोडेर गएपनि केही फरक नपर्ने बताएका छन् । शुक्रबार प्रेस सेन्टरको अन्तिम बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य भट्टराइले कांङग्रेस संसदबाट निस्के केही नहुने जवाफ दिएका हुन् ।

बिहीबार कांग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले सत्तापक्षले एकलौटी गर्न खोजेको सरकारले व्यवहार परिवर्तन नगरे काङ्ग्रेसले संसद छाड्न नपरोस् भन्दै चेतावनी दिएका थिए ।
प्रतिनिधिसभाको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

सरकारका सबै निकायबाट धम्क्क्याउने ,धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाईए प्रतिपक्षी दलले त्यसको शसक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
त्यसपछि भट्टराइले शुक्रबार नेता रिजाललाई अघिल्लो दिनको जवाफ दिदै भने ‘ढोका खुल्ला छ, निस्के हुन्छ ।’
त्यस्तै भट्टराईले काङ्ग्रेसले कम्युनिष्टहरुलाइ झोला बोक्ने पार्टी सम्झने र विभिन्न बहानामा सधै हेप्ने गरेपनि अब हेप्न नसक्ने बताए । ‘काङ्ग्रेसले अहिले हरेक कुरामा अधिनायकबाद देखेको छ । तर, काङ्ग्रेसले कतिपटक अधिनायकबाद देखायो त्यो पनि हेक्का राखोस् ।’
नेता भट्टराइले आफुहरु अधिनायकबादी नभएर जनताको काम गर्ने सेवक भएको दावी समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...