संसदबाट निस्के हुन्छ, ढोका खुल्ला छ, केही फरक पर्दैन भन्दै यसरी झपारे योगेश भट्टराईले कांग्रेसलाई



संसद छाडेर जनतामाझ सडकमा जाने काँग्रेसको चेतावनी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले संसद छोडेर गएपनि केही फरक नपर्ने बताएका छन् । शुक्रबार प्रेस सेन्टरको अन्तिम बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य भट्टराइले कांङग्रेस संसदबाट निस्के केही नहुने जवाफ दिएका हुन् ।

बिहीबार कांग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले सत्तापक्षले एकलौटी गर्न खोजेको सरकारले व्यवहार परिवर्तन नगरे काङ्ग्रेसले संसद छाड्न नपरोस् भन्दै चेतावनी दिएका थिए ।
प्रतिनिधिसभाको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

सरकारका सबै निकायबाट धम्क्क्याउने ,धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाईए प्रतिपक्षी दलले त्यसको शसक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
त्यसपछि भट्टराइले शुक्रबार नेता रिजाललाई अघिल्लो दिनको जवाफ दिदै भने ‘ढोका खुल्ला छ, निस्के हुन्छ ।’
त्यस्तै भट्टराईले काङ्ग्रेसले कम्युनिष्टहरुलाइ झोला बोक्ने पार्टी सम्झने र विभिन्न बहानामा सधै हेप्ने गरेपनि अब हेप्न नसक्ने बताए । ‘काङ्ग्रेसले अहिले हरेक कुरामा अधिनायकबाद देखेको छ । तर, काङ्ग्रेसले कतिपटक अधिनायकबाद देखायो त्यो पनि हेक्का राखोस् ।’
नेता भट्टराइले आफुहरु अधिनायकबादी नभएर जनताको काम गर्ने सेवक भएको दावी समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो