पार्टी एकता पछी जनवर्गीय संगठनको एकतामा होमियो नेकपा,पत्रकारलाई ओली र प्रचण्डले सम्बोधन गर्ने



हाम्रो इकोनोमि

पार्टी एकतासँगै नेकपाका जनवर्गीय संगठनहरुले पनि एकताका लागि प्रयास थालेका छन्। यसै अन्तर्गत नेकपा आबद्ध सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको बैठक भएको छ।
यसमध्ये प्रेस चौतारी पूर्व एमालेसँग र प्रेस सेन्टर पूर्व माओवादी केन्द्रसँग सम्बन्धित संगठन हुन्। एकता सम्बन्धमा निर्णय गर्न हिजो प्रेस चौतारीले बैठक लगतै आज प्रेस सेन्टरको बैठक भइरहेको छ।

दुबै संगठनले बैठकका लागि चाहिँ आफ्नो पूर्व पार्टीसँग सम्बन्धित होइन, फरक पार्टीको केन्द्रीय कार्यालय प्रयोग गरेका छन्।

जस्तो, पूर्व एमालेसँग आवद्ध प्रेस चौतारीको केन्द्रीय समितिको बैठक बिहीबार पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो भने आज पूर्व एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पूर्व माओवादी केन्द्रसँग सम्बन्धित प्रेस सेन्टरको बैठक बसिरहेको छ।

दुबै संगठनको बैठक सकिएपछि आज दिउसो नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुबै संगठनको संयुक्त बैठकलाई आज दिउसो धुम्बाराहीमा सम्बोधन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...