पार्टी एकता पछी जनवर्गीय संगठनको एकतामा होमियो नेकपा,पत्रकारलाई ओली र प्रचण्डले सम्बोधन गर्ने



हाम्रो इकोनोमि

पार्टी एकतासँगै नेकपाका जनवर्गीय संगठनहरुले पनि एकताका लागि प्रयास थालेका छन्। यसै अन्तर्गत नेकपा आबद्ध सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको बैठक भएको छ।
यसमध्ये प्रेस चौतारी पूर्व एमालेसँग र प्रेस सेन्टर पूर्व माओवादी केन्द्रसँग सम्बन्धित संगठन हुन्। एकता सम्बन्धमा निर्णय गर्न हिजो प्रेस चौतारीले बैठक लगतै आज प्रेस सेन्टरको बैठक भइरहेको छ।

दुबै संगठनले बैठकका लागि चाहिँ आफ्नो पूर्व पार्टीसँग सम्बन्धित होइन, फरक पार्टीको केन्द्रीय कार्यालय प्रयोग गरेका छन्।

जस्तो, पूर्व एमालेसँग आवद्ध प्रेस चौतारीको केन्द्रीय समितिको बैठक बिहीबार पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो भने आज पूर्व एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पूर्व माओवादी केन्द्रसँग सम्बन्धित प्रेस सेन्टरको बैठक बसिरहेको छ।

दुबै संगठनको बैठक सकिएपछि आज दिउसो नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुबै संगठनको संयुक्त बैठकलाई आज दिउसो धुम्बाराहीमा सम्बोधन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...