काठमाडौं काम नलाग्ने इँट्टाको थुप्रो जस्तो देखिएको भन्दै प्रधानमन्त्री ओलीले देखाए यस्तो सुन्दर सपना



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ अव्यवस्थित निर्माण र बसोबासका कारण निर्माण व्यवसायीले थुपारेको काम नलाग्ने इट्टाको थुप्रो जस्तो भएको बताएका छन् ।  राजधानीको भृकुटीमण्डपमा आजदेखि शुरु भएको सातौ प्रोपर्टी एक्स्पोमा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौ शहर अव्यवस्थित भएको बताए ।

सरकारले निर्माण व्यवसायीलाई कुन ठाउँमा विकास गर्न दिने भन्ने स्पष्ट व्यवस्था नगरिदिएकाले ऐतिहासिक शहर काठमाडौ कुरुप बनेको उनले भने । सरकार र व्यवसायी मिलेर अब रिलोकेट बस्ती बनाउनु पर्ने आवश्यकता रहेको ओलीले औल्याए ।

साथै, देशमा अब शुसासन र विकासको आवश्यकता रहेकाले यसका लागि कानुन र संविधान नै संशोधन गर्न परे पनि आफुहरु तयार रहेको उनले भने । राजनीतिक परिवर्तनलाई सम्पूर्ण रुपमा संस्थागत गरिसकेको बताउँदै उनले अब शुशासन र विकासबाट समृद्ध नेपाल बनाउने अवसर आएको उल्लेख गरे ।

यता, घरजग्गा व्यवसायीहरुले घरजग्गा विकासमा सरकारले सहयोग गर्न आग्रह गरे । उनीहरुले विदेशी नागरीकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्न पाउने भनिएपनि त्यसको कार्यान्वयन नभएको भन्दै सहज कार्यान्वयनको लागि सरकारसँग माग गरेको छ । जग्गा विकासतर्फ कर्जा र सुरक्षणको अनुपात ६० प्रतिशत पुर्याउन पनि उनीहरुले माग गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...