काठमाडौं काम नलाग्ने इँट्टाको थुप्रो जस्तो देखिएको भन्दै प्रधानमन्त्री ओलीले देखाए यस्तो सुन्दर सपना



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ अव्यवस्थित निर्माण र बसोबासका कारण निर्माण व्यवसायीले थुपारेको काम नलाग्ने इट्टाको थुप्रो जस्तो भएको बताएका छन् ।  राजधानीको भृकुटीमण्डपमा आजदेखि शुरु भएको सातौ प्रोपर्टी एक्स्पोमा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौ शहर अव्यवस्थित भएको बताए ।

सरकारले निर्माण व्यवसायीलाई कुन ठाउँमा विकास गर्न दिने भन्ने स्पष्ट व्यवस्था नगरिदिएकाले ऐतिहासिक शहर काठमाडौ कुरुप बनेको उनले भने । सरकार र व्यवसायी मिलेर अब रिलोकेट बस्ती बनाउनु पर्ने आवश्यकता रहेको ओलीले औल्याए ।

साथै, देशमा अब शुसासन र विकासको आवश्यकता रहेकाले यसका लागि कानुन र संविधान नै संशोधन गर्न परे पनि आफुहरु तयार रहेको उनले भने । राजनीतिक परिवर्तनलाई सम्पूर्ण रुपमा संस्थागत गरिसकेको बताउँदै उनले अब शुशासन र विकासबाट समृद्ध नेपाल बनाउने अवसर आएको उल्लेख गरे ।

यता, घरजग्गा व्यवसायीहरुले घरजग्गा विकासमा सरकारले सहयोग गर्न आग्रह गरे । उनीहरुले विदेशी नागरीकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्न पाउने भनिएपनि त्यसको कार्यान्वयन नभएको भन्दै सहज कार्यान्वयनको लागि सरकारसँग माग गरेको छ । जग्गा विकासतर्फ कर्जा र सुरक्षणको अनुपात ६० प्रतिशत पुर्याउन पनि उनीहरुले माग गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...