समाचार

‘सीप भएको भए सीप बेच्थेँ, पढाइ भएको भए पढाइ बेच्थेँ । केही थिएन । सम्पत्तिको नाममा यही शरीर थियो, यही बेचेँ ।’

    रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी । एक तथ्यांकअनुसार नेपालमा यौनकर्मीको संख्या ५४ हजार नाघिसक्यो । त्यही ५४ हजारको संख्या मध्येकी एक थिइन्, उनी । भित्री मधेसकी एउटी सोझी युवती कसरी काठमाडौंकी