बुवालाई दागबत्ती दिनुअघि अनिशले सोधे : बाबालाई पोल्छ के…, किन जलाउने ?



हाम्रो इकोनोमि

 

 

शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार निधन भयो ।

गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका ८ वर्षीय अवोध छोरा अनिश जोरालाई भने यो कुरा अन्जानजस्तै थियो ।

उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा सुरु भयो, बुवाको लासलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।

शवयात्रासँगै उनी पनि घाट पुगे ।

तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् उनले ।

उनी त्यतिबेला आत्तिन्छन् जब बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा दागबत्ती दिइयो ।

त्यतिबेला सबैलाई भावुक बनाउँदै उनले मार्मिक प्रश्न गरे, ‘मेरो बाबालाई किन आगो लगाउने ?’ उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् । परिवारका अन्य सदस्यहरुले सम्झाईबुझाई गर्दा अनिश बुवाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउन थाले ।

उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइरहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन् ।

उनका बुबा ८ महिना अघिदेखि क्यान्सरबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको ८ महिना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकोले शल्यक्रिया गर्नु पर्ने चिकित्सकले सल्लाह दिए । तेजले त्यसैअनुसार गरे पनि ।

तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो । उपचारका लागि तेजले भारतको चेन्नई, बेँग्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो ।

गरिबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयले समयमै उपचार नपाउँदा क्यान्सरजस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउनेको संख्या बढिरहेको छ । क्यान्सर रोगबारे समयमै जानकारी नपाउदा यहाँका कतिपय बिरामीहरु ज्यान गुमाउन बाध्य भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठाउँमा क्यान्सर रोगको पत्ता लगाउने न त उपकरण छ न त औषधि गर्ने ठाउँ नै ।

बुवा तेजलाई रोगले च्यापेपछि केआई सिंह गाउँपालिका–७, को नवद्वीप विद्यालय निकेतनमा कक्षा २ मा अध्ययन गर्दै गरेका अनिशलाई घर लगिएको थियो ।

छोरालाई ठूलो मान्छे बनाउने सपनासहित तेजले भारतमा नौकरी गर्दै निजी विद्यालयमा पढाउँदै आएका थिए । तेजको अवसानसँगै अनिशको पढाइ के होला भन्ने विषयमा स्थानीय बासिन्दाहरु चिन्ता गर्न थालेका छन् तर अनिशलाई भने यस कुराको कुनै पत्तो छैन् । अनिशसँगै चार वर्षीय रेश्माले पनि बुवाको सहारा गुमाएकी छिन् ।

अब उनीहरुको पढाइसहितको अन्य लालनपालन खर्च कसले व्यहोर्ने भन्ने कुराले उनकी आमालाई सताउन थालेको छ । घरमा आमा र बुढी हजुरआमा मात्रै भएका कारण पनि उनीहरुको पढाइमा समस्या हुने देखिएको छ ।

सामान्य बिरामी हुँदासमेत यहाँका स्थानीयहरु भारतका विभिन्न शहरमा गएर निजी क्लिनकहरुमा अप्रेसन गर्ने गरेका कारण क्यान्सर रोग बढ्न थालेको शैलेस्वरी अस्पताल दिपायलका डाक्टर राजेश बाहुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शरीरमा सामान्य खटिरा आउँदा पनि अप्रेसन गर्ने बानी परेको छ, त्यो बिग्रेपछि क्यान्सर हुने र ज्यान जान थालेको हो ।’ जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म डोटीमा क्यान्सर रोगका कारण कम्तिमा पनि दुई दर्जन बढीले अकालमै ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...