चलचित्र विकास बोर्डबाट राजीनामा दिनुको कारण बारे यसो भन्छिन् निकिता (भिडियो सहित )।



हाम्रो इकोनोमि

 

 

चलचित्र विकास बोर्डको अध्यक्ष रहेकी निकिता पौडेलले नेपाल चलचित्र विकास बोर्डबाट राजीनामा दिएकी छन् ।

पौडेलले यही माघ २३ गतेबाट (आज)लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको बताइन् ।

पौडेलले भनिन् हो मैले राजीनामा दिएकी हुँ, राजीनामा दिनुको कारणबारे ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ।

उनले आफ्नो पालामा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरूवात गर्ने गौरव प्राप्त भएको पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर हो ।

भनेकी छन्,यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय(सीमा भित्रै सफलतापुर्वक गरिएको रिपोर्टसहितको प्रगति विवरण मन्त्रीज्यूसमक्ष बुझाइसकेकी छु।

किन दिइन् राजीनामा ? यस्तो छ कारण
आइतबार बोलाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चौमासिक समीक्षा बैठकमा खबर गरेर पनि अटेर गरी अनुपस्थित भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटाले पौडेलसँग कडा स्पस्टिकरण सोध्न निर्देशन दिएका थिए ।

उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो । तर निकितालाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटा रुस्ट भएका थिए ।त्यसपछि मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई जानकारी गराउँदा पनि अटेर गरी अनुपस्थित हुने पौडेलमाथि स्पष्टिकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएका थिए । त्यस लगत्तै निकिताले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

https://www.youtube.com/watch?v=pmMJZjiC9Xo

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...