चलचित्र विकास बोर्डबाट राजीनामा दिनुको कारण बारे यसो भन्छिन् निकिता (भिडियो सहित )।



हाम्रो इकोनोमि

 

 

चलचित्र विकास बोर्डको अध्यक्ष रहेकी निकिता पौडेलले नेपाल चलचित्र विकास बोर्डबाट राजीनामा दिएकी छन् ।

पौडेलले यही माघ २३ गतेबाट (आज)लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको बताइन् ।

पौडेलले भनिन् हो मैले राजीनामा दिएकी हुँ, राजीनामा दिनुको कारणबारे ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ।

उनले आफ्नो पालामा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरूवात गर्ने गौरव प्राप्त भएको पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर हो ।

भनेकी छन्,यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय(सीमा भित्रै सफलतापुर्वक गरिएको रिपोर्टसहितको प्रगति विवरण मन्त्रीज्यूसमक्ष बुझाइसकेकी छु।

किन दिइन् राजीनामा ? यस्तो छ कारण
आइतबार बोलाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चौमासिक समीक्षा बैठकमा खबर गरेर पनि अटेर गरी अनुपस्थित भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटाले पौडेलसँग कडा स्पस्टिकरण सोध्न निर्देशन दिएका थिए ।

उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो । तर निकितालाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटा रुस्ट भएका थिए ।त्यसपछि मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई जानकारी गराउँदा पनि अटेर गरी अनुपस्थित हुने पौडेलमाथि स्पष्टिकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएका थिए । त्यस लगत्तै निकिताले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

https://www.youtube.com/watch?v=pmMJZjiC9Xo

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...