विविध

जहाँ उम्मेदवारले किसानसँग धान रोप्दै भोट मागे !

काठमाण्डौं । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै भोट माग्न थालेका हुन् ।