“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताउनुभएको छ ।

बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको “बिपी कोइरालाका विचार दर्पण” नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै उहाँले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिनुभयो ।

उक्त समाजका केन्द्रीय अध्यक्षसमेत रहनुभएका गुरुङले पार्टीमा देखिएका समस्या सहजरूपले निराकरण गर्नसक्ने नेतृत्व नै सफल हुने बताउनुभयो ।

पूर्वमन्त्री गोविन्दराज जोशीले सैद्धान्तिक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताउनुभयो । अर्का पूर्वमन्त्री विनयध्वज चन्दले पार्टीभित्र वैचारिक बहस चलाउनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकमा विभिन्न लेखक र राजनीतिज्ञका बिपी कोइराका विचारसँग सम्बन्धित लेख रचना समावेश छन् ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...