यसरी खुकुलो योनीलाई टाइट बनाएर पहिले जस्तै सेक्स आनन्द लिन सकिन्छ



डा. सुमनराज ताम्राकार

यौनअंगको वारेमा थाहा पाउनु पर्ने कुराहरु

शरीरका अन्य अंगजस्तै योनि र योनिमार्गको बनोट र आकार पनि फरक–फरक हुनसक्छ । तन्किने क्षमतायुक्त मांसपेशीबाट बनेको नली आकारको योनि बाहिर खुल्ला हुन्छ भने भित्री भाग पाठेघरको मुखसँग जोडिएको हुन्छ । तन्किने र खुम्चने क्षमताका कारण योनि एवं योनिमार्गमा विभिन्न आकारका पुरुष लिंगदेखि सुत्केरी व्यथाका बेला नवजात शिशु पार गर्न सम्भव हुन्छ ।

सामान्य अवस्थामा योनिमार्गको भित्ता एक–आपसमा जोडिएर रहे पनि यौन उत्तेजनासँगै यसमा खुल्लापन आउने तथा चरमसुखका बेला एवं त्यसपछि पटक–पटक खुम्चने, फुक्ने हुन्छ ।

यस्तो खुम्च्याइ पुरुष पार्टनर वा श्रीमान्ले पनि अनुभव गर्न सक्छन् । योनि तथा योनिमार्गमा गर्भावस्था तथा सुत्केरी बेलामा आएको परिवर्तन प्रसवोत्तर समयको ६ हप्तासम्ममा गर्भपूर्वको अवस्थामा फर्कन्छ ।

योनिमार्गमा वास्तवमै परिवर्तन नआए पनि प्रसवोत्तर समयपछि योनिमार्गको बनावट र नापलाई लिएर पुरुष पार्टनर (श्रीमान्) ले गलत धारणा बनाएको पाइन्छ । यस क्रममा बढ्दो उमेरसँगै शारीरिक अङ्गमा आउने परिवर्तनलाई भने बेवास्ता गरिएको पाइन्छ ।

यौन उत्तेजनासँगै पुरुष लिंगको लम्बाइ तथा मोटाइमा आउने वृद्धिले सन्तान उत्पादनपछि योनिमार्गमा आउने हल्का खुकुलोपनलाई सामान्यीकरण गरिहाल्छ । योनि र पुरुष लिंगको आकार, नाप एवं ग्राह्यता सापेक्षिक कुरा हुन् । पाकक्रीडाका क्रममा योनिमार्गमा उत्पादन हुने योनिरसले पनि पुरुष पार्टनरलाई योनि खुकुलो भएको अनुभूति गराउन सक्छ ।

योनिमा खुकुलोपन आए पनि विभिन्न क्रियाकलापमार्फत पहिलेजस्तै यौन आनन्द लिन सकिन्छ । यस क्रममा केवल योनिको खुकुलोपनमा मात्र ध्यान केन्द्रित नगरी पाक्क्रीडा तथा यौन आनन्दका वैकल्पिक उपायहरूबाट पनि यथेष्ट सन्तुष्टि लिन सकिन्छ ।

सबै दम्पती वा पार्टनरलाई एकै खालको क्रियाकलापले फाइदा पुर्‍याउँछ भन्ने छैन । यौनक्रीडाका क्रममा फरक–फरक आसन अपनाएर योनिको खुकुलोपनलाई कम गर्न सकिन्छ ।

योनि तथा त्यसवरिपरिको मांसपेशीलाई कसिलो बनाउन किगल कसरतले मद्दत गर्छ । पिसाब गर्दागर्दै अपर्झट पिसाब रोक्नुपर्ने अवस्था आउँदा जसरी पिसाब रोकिन्छ ।

यही विधि अपनाएर योनि, योनिद्वार वरिपरिका मांसपेशी कसिलो बनाउने कसरत नै किगल कसरत हो । किगल कसरतका क्रममा योनिक्षेत्रको मांसपेशीलाई खुम्च्याएर राख्ने र खुकुलो पार्ने काम गरिन्छ । यस्तो खालको कसरत प्रसवोत्तर समयमा वा अन्य बेला (हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउने बेला) मा पिसाब चुहिने महिलाका लागि पनि फाइदाजनक हुन्छ ।

यसका साथै योनिमार्गमा क्रमागत रूपमा विभिन्न तौलका कोन आकारको वस्तु अड्याउने अभ्यास गर्न सकिन्छ । यसैगरी इलेक्ट्रिथेरापी तथा चुम्बकयुक्त विशेष कुर्सीका माध्यमबाट योनि कसिलो बनाउन सकिने विश्वास गरिन्छ ।

त्यसका अतिरिक्त योनिमार्गसम्बन्धी शल्यक्रिया वा लेजरथेरापीले पनि फाइदा पुग्नसक्छ । महिला पार्टनरमा यी विभिन्न विधिका अतिरिक्त पुरुष लिंगको आकार वृद्धि हुने अभ्यास गरेको खण्डमा योनिको खुकुलोपनमा कमी ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
कमलपोखरीमा आगलागी हुँदा ११ जना घाइते

  काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित बिहीबार बिहान  शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

    प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ

गाजा क्षेत्रमा अमेरिकाी सेना राख्ने तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन्

बेलायती राजकुमारी नेपालमा

  बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी