यसरी खुकुलो योनीलाई टाइट बनाएर पहिले जस्तै सेक्स आनन्द लिन सकिन्छ



हाम्रो इकोनोमि

डा. सुमनराज ताम्राकार

यौनअंगको वारेमा थाहा पाउनु पर्ने कुराहरु

शरीरका अन्य अंगजस्तै योनि र योनिमार्गको बनोट र आकार पनि फरक–फरक हुनसक्छ । तन्किने क्षमतायुक्त मांसपेशीबाट बनेको नली आकारको योनि बाहिर खुल्ला हुन्छ भने भित्री भाग पाठेघरको मुखसँग जोडिएको हुन्छ । तन्किने र खुम्चने क्षमताका कारण योनि एवं योनिमार्गमा विभिन्न आकारका पुरुष लिंगदेखि सुत्केरी व्यथाका बेला नवजात शिशु पार गर्न सम्भव हुन्छ ।

सामान्य अवस्थामा योनिमार्गको भित्ता एक–आपसमा जोडिएर रहे पनि यौन उत्तेजनासँगै यसमा खुल्लापन आउने तथा चरमसुखका बेला एवं त्यसपछि पटक–पटक खुम्चने, फुक्ने हुन्छ ।

यस्तो खुम्च्याइ पुरुष पार्टनर वा श्रीमान्ले पनि अनुभव गर्न सक्छन् । योनि तथा योनिमार्गमा गर्भावस्था तथा सुत्केरी बेलामा आएको परिवर्तन प्रसवोत्तर समयको ६ हप्तासम्ममा गर्भपूर्वको अवस्थामा फर्कन्छ ।

योनिमार्गमा वास्तवमै परिवर्तन नआए पनि प्रसवोत्तर समयपछि योनिमार्गको बनावट र नापलाई लिएर पुरुष पार्टनर (श्रीमान्) ले गलत धारणा बनाएको पाइन्छ । यस क्रममा बढ्दो उमेरसँगै शारीरिक अङ्गमा आउने परिवर्तनलाई भने बेवास्ता गरिएको पाइन्छ ।

यौन उत्तेजनासँगै पुरुष लिंगको लम्बाइ तथा मोटाइमा आउने वृद्धिले सन्तान उत्पादनपछि योनिमार्गमा आउने हल्का खुकुलोपनलाई सामान्यीकरण गरिहाल्छ । योनि र पुरुष लिंगको आकार, नाप एवं ग्राह्यता सापेक्षिक कुरा हुन् । पाकक्रीडाका क्रममा योनिमार्गमा उत्पादन हुने योनिरसले पनि पुरुष पार्टनरलाई योनि खुकुलो भएको अनुभूति गराउन सक्छ ।

योनिमा खुकुलोपन आए पनि विभिन्न क्रियाकलापमार्फत पहिलेजस्तै यौन आनन्द लिन सकिन्छ । यस क्रममा केवल योनिको खुकुलोपनमा मात्र ध्यान केन्द्रित नगरी पाक्क्रीडा तथा यौन आनन्दका वैकल्पिक उपायहरूबाट पनि यथेष्ट सन्तुष्टि लिन सकिन्छ ।

सबै दम्पती वा पार्टनरलाई एकै खालको क्रियाकलापले फाइदा पुर्‍याउँछ भन्ने छैन । यौनक्रीडाका क्रममा फरक–फरक आसन अपनाएर योनिको खुकुलोपनलाई कम गर्न सकिन्छ ।

योनि तथा त्यसवरिपरिको मांसपेशीलाई कसिलो बनाउन किगल कसरतले मद्दत गर्छ । पिसाब गर्दागर्दै अपर्झट पिसाब रोक्नुपर्ने अवस्था आउँदा जसरी पिसाब रोकिन्छ ।

यही विधि अपनाएर योनि, योनिद्वार वरिपरिका मांसपेशी कसिलो बनाउने कसरत नै किगल कसरत हो । किगल कसरतका क्रममा योनिक्षेत्रको मांसपेशीलाई खुम्च्याएर राख्ने र खुकुलो पार्ने काम गरिन्छ । यस्तो खालको कसरत प्रसवोत्तर समयमा वा अन्य बेला (हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउने बेला) मा पिसाब चुहिने महिलाका लागि पनि फाइदाजनक हुन्छ ।

यसका साथै योनिमार्गमा क्रमागत रूपमा विभिन्न तौलका कोन आकारको वस्तु अड्याउने अभ्यास गर्न सकिन्छ । यसैगरी इलेक्ट्रिथेरापी तथा चुम्बकयुक्त विशेष कुर्सीका माध्यमबाट योनि कसिलो बनाउन सकिने विश्वास गरिन्छ ।

त्यसका अतिरिक्त योनिमार्गसम्बन्धी शल्यक्रिया वा लेजरथेरापीले पनि फाइदा पुग्नसक्छ । महिला पार्टनरमा यी विभिन्न विधिका अतिरिक्त पुरुष लिंगको आकार वृद्धि हुने अभ्यास गरेको खण्डमा योनिको खुकुलोपनमा कमी ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...