नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि काम शुरु



लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ ।

शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो । आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । ‘‘समितिको निर्देशनबाट हामीले आजदेखि नयाँ भर्ना प्रक्रियाका लागि काम थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘आजै सामान्यलाई पत्र पठाउँदै असोज पहिलो हप्ता रिक्त दरबन्दी पठाउन भनेका छौँ ।’’

उहाँले रिक्त दरबन्दी आए पनि क्रमशः पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताउनुभयो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगले असोज अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

    प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ

गाजा क्षेत्रमा अमेरिकाी सेना राख्ने तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन्

बेलायती राजकुमारी नेपालमा

  बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ