बाँदरले मकै सकाएपछि राहत माग्दै गाउँपालिकामा



बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् ।

वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।

वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताउनुभयो । पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको खत्रीको भनाइ छ ।

मेहनत गरेर फलाएको मकै पाक्न लाग्दा बाँदरले क्षति गरेपछि किसानलाई रुनु न हाँस्नु भएको छ ।

स्थानीय बासिन्दा सीता खत्रीका भएका दुवै बारीका पाटामा मकै छैन, वर्षभरि खाने मकै बारीबाट नै सखाप भएपछि राहतका गाउँपालिकामा धाएको बताउनुभयो । मेहनत खेर गएको र नोक्सान ब्यहोर्नु परेकामा सम्बद्ध किसानको दुखेसो छ ।

मकै, सिमी, बोडीलगायतका अन्नबाली बाँदरले नष्ट गरेपछि किसान यतिबेला थप समस्यामा छन् । अब के खाने हो भन्दै किसान रनभुल्लमा छन् । पहाडी जिल्ला पाल्पामा धानभन्दा मकैबाली राम्रो उत्पादन हुने भए पनि बाँदरले क्षति गर्दा किसानले पाकेको बाली स्याहार्न पाएका छैनन् ।

बाँदरले अन्नबाली सखाप पा¥यो भनेर रैनादेवी छहरा गाउँपालिकामा राहतका लागि पाँच सातवटा निवेदन दैनिकजसो आएका छन् ।

स्थानीय बासिन्दा तथा किसान गणेश न्यौपानेका अनुसार मकै मात्र होइन, तरकारी, सुन्तलालगायतका वस्तु पनि बाँदरले खाने र नष्ट गर्न थालेपछि यो गाउँपालिकामा सयौँभन्दा बढी घरपरिवार समस्यामा परेका हुन् । बाँदरको क्षतिबाट किसानलाई ठूलो मर्का परे पनि राहत वितरणको कार्यक्रम गाउँपालिकामा छैन ।

उक्त गाउँपालिका प्रमुख रामबहादुर कार्कीले बाँदरले मकै सखाप पा¥यो भनी राहतका लागि निवेदन परेकाले किसानलाई परेको समस्या सम्बोधन गर्न कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ०८ : ५१  बजे

प्रतिक्रिया दिनुहोस
थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बनमा

    थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् । थाइल्यान्डको संवैधानिक अदालतले

LG Nepal द्वारा “Affectionate Intelligence” को प्रदर्शनी भविष्यको सुरुवात अब नेपालमा

    LG Nepal ले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको लञ्च मिटिङ

    भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल