प्रदेश ६ को नामाकरण गरिएको छ। आज बसेको चौथो संसद् बैठकले यो प्रदेशको नामाकरण गरेको हो। नेकपा एमलेका संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम ‘कर्णाली’ राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ।