रक्षामन्त्री ईश्वर पोखरेलद्वारा काठमाडौं तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको अवलोकन



हाम्रो इकोनोमि

तराईलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको काठमाडौं तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको रक्षामन्त्री ईश्वर पोखरेलले अवलोकन गर्नुभएको छ । बहुप्रतिक्षीत राष्ट्रिय गौरवको उक्त आयोजनाको स्थलगत अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले आगामी चार वर्षेभित्रै कार्य सम्पन्न गर्नेगरि जुट्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

स्थलगत अवलोकनपछि सेनाको काम प्रति सन्तोष व्यक्त गर्दै रक्षामन्त्री पोखरेलले मुलुकको विकास र समृद्धिका निम्ती निर्धारित समयभित्रै आयोजना सम्पन्न हुने बताउनुभयो । ठूला आयोजनाहरु समयमै सम्पन्न गरेर मुलुकलाई आर्थिक विकास र सम्वृद्धिमा केन्द्रीत गर्ने उहाँको भनाई थियो ।

आयोजना सम्पन्न गर्ने आवश्यक पर्ने स्रोत र सामग्री तथा आइपर्ने समस्या तत्काल समाधान गर्न सरकार तयार रहेको भन्दै रक्षामन्त्री पोखरेलले स्थानीय जनता र जनप्रतिनिधिहरुलाई सहयोग गर्ने आग्रह गर्नुभयो ।
आयोजना क्षेत्रसँग जोडिएका काठमाडौं, ललितपुर, मकवानपुर र बाराका जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोग लिएर तोकिएको समयमा काम सम्पन्न गराउन नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालय र निकायसँग तत्काल समन्वय बढाउनसमेत रक्षामन्त्रीले निर्देशन दिनुभयो ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किलोमिटर रहेको दक्षिण एसियालीस्तरको हुने सो मार्गको प्रगति बुझ्न मन्त्री पोखरेलसहित रक्षा मन्त्रालयका सचिव विनोद केसी, वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जिसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा र नेपाली सेनाका योजना प्रमुख उपरथी योगेन्द्र बहादुर खाँड, युद्धकार्य महानिर्देशनालयका महानिर्देशक उपरथी शरद गिरीसहितको टोली त्यस क्षेत्रमा पुगेको थियो ।

टोलीले निजगढ, बुदुने, लेनडाँडा, सिस्नेरी र मख्खुबेसीस्थित सेनाको बेसक्याम्प र आसपासका क्षेत्रमा हवाई र पैदलमार्गबाट अवलोकन गरेको थियो । उक्त अवसरमा रक्षामन्त्री सहितको टोलीले आयोजनाको काम अघि बढाउँदा देखिएका समस्या र स्थानीय जनताका अपेक्षा र गुनासाका सन्दर्भमा छलफल र अन्तक्र्रिया गरेको थियो । उक्त अन्तक्र्रियामा सहभागी हुँदैं मन्त्री पोखरेलले राष्ट्रिय स्वार्थका लागि सानातिना स्वार्थ र फाइदाकोपछि नलाग्न स्थानीयबासीलाई आग्रह गर्नुभएको थियो ।

आयोजनालाई प्रतिकूल असर पुग्ने कार्य नगर्न तथा स्थानीय सरोकारका विषयलाई आपसी संवादबाटै टुंग्याउन आग्रह गर्नुभयो । स्थानीय समस्या समाधानका निम्ती जनप्रतिनिधिहरुको भूमिका बढी हुने भन्दै भन्नुभयो –‘जनता अव विकास देख्न र भोग्न चाहन्छन्, त्यसैले आयोजनाको काम तोकिएको समयमा नै पूरा गर्न सक्नुपर्छ, सबै साना स्वार्थहरु ठूला स्वार्थको अधिनस्थ हुन्छन् तर सेनाले स्थानीय जनताको सरोकारलाई पनि पन्छाउने छैन भन्ने विश्वास मैले लिएको छु ।’

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...