युरोपेली युनियनले प्रतिवेदन सच्याउन अस्वीकार गरेपछी ओली आक्रोशित,सबै देशका राजदूतलाई १३ गते थर्काउने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र १३ गते काठमाडौंस्थित कूटनीतिक मिसनका राजदुत र राष्ट्रसंघका आवासिय प्रमुखलाई सरकारको विदेश नीति र प्राथमिकतावारे ‘ब्रिफिङ’ गर्ने तयारी थालेका छन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रम ओलीले आउने मंगलबार नेपालस्थित् राजदुतहरुलाई व्रिफिङ गर्ने भएका हुन् । त्यसका लागि काठमाडौंस्थित दुतावास र राष्ट्रसंघ कार्यालयलाई पत्राचार गरिएको छ । प्रधानमन्त्रीले ब्रिफिङ गर्ने कार्यक्रम चैत्र १३ गते दिउँसो १२ बजे रहेको छ।

यता युरोपेली युनियनले चुनाव पर्यवेक्षणका क्रममा खस आर्यको आरक्षण हटाउन सुझाव दिँदै दिइएको प्रतिवेदन सच्याउन अस्वीकार गरेको छ।

प्रतिवेदन अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको दाबी गर्दै युनियनले प्रतिवेदन सच्याउन अस्वीकार गरेको हो ।

चुनावमा गरिएको आरक्षण सुविधा, निर्वाचन आयोगको कामकारबाही, आचारसंहिता लगायतमा खोट देखाउँदै चुनाव पर्यवेक्षण मिसनले गत सोमबार सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रतिवेदनमा युनियनले समानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्यलाई आरक्षण सिट दिन नहुने भनेको थियो। प्रतिवेदनको सर्वत्र आलोचना भएपछि सरकारले युनियनलाई प्रतिवेदन सच्याउन आग्रह गरेको छ। निर्वाचन आयोगले पनि युनियनको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन बुझ्न अस्वीकार गरेको छ।

युनियनले शुक्रबार पत्रकार सम्मेलन गरी चुनाव पर्यवेक्षण सम्बन्धी मिसनले आफ्नो प्रतिवेदन पूर्णतया: अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारिएको दावी गरेको हो। मिसनले प्रतिवेदन तयार गर्दा आफ्ना सर्तहरु पूर्ण रुपमा पालना गरेको जनाएको छ। प्रमुख पर्यवेक्षकका रुपमा नेपालका अधिकारीहरुसँग भएको सम्झौताको आधारमा नै प्रतिवेदन तयार पारिएको मिसनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...