१२ दिन अघी युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलटकी श्रीमतीको निधन



हाम्रो इकोनोमि

पाइलट अबिद श्रीमती अप्सना र छाेराका साथमा।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ दिन अगाडि भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका एक पाइलटकी श्रीमतीको मस्तिष्कघातका कारण निधन भएको छ।

पाइलट अबिद सुल्तानकी पत्नी अपसना खानमको शुक्रबार उपचारको क्रममा मृत्यु भएको ढाका ट्रयुबुनले जनाएको हो।

अपसनाको शुक्रबार ढाकास्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जहाज दुर्घटनामा पति निधनका कारण गत आइतबार उनलाई स्ट्रोक (मस्तिष्कघात) भएको थियो। त्यसपछि उनी नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलको ‘लाइफ सपोर्ट’ मा थिइन्।

आकस्मिक मस्तिष्कघातका कारण उनको दिमागको देब्रे हिस्सामा धेरै वटा रगतका थेग्ला जमेका थिए। चिकित्सकले अप्रसेन गरे पनि उनलाई बचाउन असमर्थ रहे। अबिद र अप्सनाका एक छाेरा रहेको नेपालखबरले उल्लेख गरेको छ।

काठमाडौंमा भएको विमान दुर्घटनामा अबिदसहित ५१ जनाको मृत्यु भएको थियो। जहाजमा ७१ सवार थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...