१२ दिन अघी युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलटकी श्रीमतीको निधन



हाम्रो इकोनोमि

पाइलट अबिद श्रीमती अप्सना र छाेराका साथमा।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ दिन अगाडि भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका एक पाइलटकी श्रीमतीको मस्तिष्कघातका कारण निधन भएको छ।

पाइलट अबिद सुल्तानकी पत्नी अपसना खानमको शुक्रबार उपचारको क्रममा मृत्यु भएको ढाका ट्रयुबुनले जनाएको हो।

अपसनाको शुक्रबार ढाकास्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जहाज दुर्घटनामा पति निधनका कारण गत आइतबार उनलाई स्ट्रोक (मस्तिष्कघात) भएको थियो। त्यसपछि उनी नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलको ‘लाइफ सपोर्ट’ मा थिइन्।

आकस्मिक मस्तिष्कघातका कारण उनको दिमागको देब्रे हिस्सामा धेरै वटा रगतका थेग्ला जमेका थिए। चिकित्सकले अप्रसेन गरे पनि उनलाई बचाउन असमर्थ रहे। अबिद र अप्सनाका एक छाेरा रहेको नेपालखबरले उल्लेख गरेको छ।

काठमाडौंमा भएको विमान दुर्घटनामा अबिदसहित ५१ जनाको मृत्यु भएको थियो। जहाजमा ७१ सवार थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...