तीन मन्त्री थापेर आज क्याबिनेट विस्तार हुदै,मन्त्रीको सपथ खाने यी हुन् तीन जना



हाम्रो इकोनोमि

प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् आज विस्तार हुँदैछ। मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङकले दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बलाएका छन्।

७ मन्त्रालय पाएको प्रदेश ४ मा चार जनाको मन्त्रीपरिषद् बनिसकेको छ। बाँकी तीन जना मन्त्री बन्दैछन्।

नयाँ मन्त्री बन्‍नेमा पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहा मगर र म्याग्दीकी नरदेवी पुनको नाम मुख्यमन्त्रीले सिफारिस गरका छन्।

लम्साललाई आर्थिक मामिला तथा योजना मन्त्री, गाहा मगर सामाजिक विकास मन्त्री र पुन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्‍न लागेका हुन्।

उद्योग मन्त्रालय यसअघि गोरखाका सांसद रामशरण बस्नेतले सम्हालेपनि उनलाई भौतिक विकास मन्त्री बनाएर पुनलाई उनको मन्त्रालय दिन लागिएको श्रोतको भनाई छ।

बिहिवार नै मन्त्रीपरिषद्‌को बिस्तारसँगै सपथ लिने कार्यक्रम तय गरिए पनि एमाले नेतृत्वबाट मन्त्री हेरफेरको आदेश आएपछि सपथ कार्यक्रम रोकिएको थियो।

एमाले निकटका अनुसार प्रदेश इन्चार्ज किरण गुरुङलाई मन्त्रीपरिषदमा समावेश गरिनु पर्ने एमाले नेतृत्वको दवाबले मन्त्री परिषद्‌ अन्योलमा परेको थियो।

सहमति जुटे मन्त्रीपरिषद् विस्तार र सपथ शुक्रबार नै हुनेछ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...