विनयजंगको अनौठो नशा : सहकारीबाट ऋण लिएर होचा पुड्का कोषमा सहयोग



हाम्रो इकोनोमि

जीवनमा नशा भन्ने चिज बढो अनौठो हुन्छ । कुनै समय उनी कुलतको नशामा डुबे । कुलतबाट त बाहिरिए तर अहिले फेरि डुबेका छन सामाजिक कर्मको नशामा ।
उनको कर्म हो वेवारिसे शव जलाउने । अस्पताल पार्टी पौवा धर्मशाला कहिँ कतै वेवारिसे भेटिए आफ्नो भोक प्यास तिर्खा निन्द्रा सबै भुलेर ती वेवारिसेलाई अस्पताल पुर्याउने । उपचार गर्ने । आफन्त भेटिए तिनका जिम्मा लगाउने नभेटिए आफ्नै आश्रममा लाने । पालनपोषण गर्ने पुर्नेजीवन दिने । हालसम्म उनले यसरी पुर्नजीवन दिएका वेवारिसेहरुको संख्या तीन दर्जन बढी पुगिसकेको छ ।
कतैको जागिरे होइनन् । आम्दानीको स्रोत केही छैन् । आफन्तसँग ऋण खोज्छन,मनकारीहरुसँग सापटी माग्छन् र भेटिएका वेवारिसे लाशहरु जलाँउदै आएका छन्,जलाउछन् । यो कथा हो एक्सन फर सोसल चेन्ज नामक संस्थाका अध्यक्ष विनयजंग बस्नेतको ।
जस्ले हालसम्म ९६ वटा वेवारिसे लाशहरुको सद्गद् गरिसकेका छन् । उनका अनुसार एउटा लाशको सद्गद् गर्न कम्तिमा दश हजार रुपैंया लाग्छ ।
तर सबै साथीहरु मनकारी हुँदैनन् । एउटा मनकारीसँग एक लाख ऋण लिए,५० हजार तिरे बाँकी पैसा तिर्न नसक्दा मनले खाएको साथी प्रहरी गुहार्न गयो । अहिले त्यही ऋण तिर्न नसक्दा प्रहरीको झमेलामा छन् ।

जिन्दगी यता टाल्यो उता च्यातिन्छ । उता सिलायो अन्तै उध्रिन्छ । एकातिरको साथीलाई ऋण तिर्न सहकारीसँग ऋण लिन्छन । सहकारीको भाखा नाग्दा र समयमा ऋण तिर्न नसक्दा चढिरहेको मोटरसाइकल धरौटी राख्छन् ।
तै पनि मान्दैन उनको मन । समाजिक कर्मको नशामा डुबेका यिनै एक्सन फर सोसल चेन्जका अध्यक्ष विनयजंग बस्नेत बिहिवार भृकुटीमण्डपमा पक्तिकारसँग अपर्झट भेटिए ।
सोधखोज गर्दा उनी लम्कदै रहेछन होचा पुड्का संघका कार्यालयमा ।
यो यही संस्था हो जस्लाई यस अगाडिकै संस्थाका अध्यक्षहरुले चुसेर खोक्रो बनाए । संस्था डुबाए,आफू मोटाए । अहिले ती अध्यक्ष समानान्तर होचा पुड्का संघ खोलेर बसेका छन् ।
यो संस्था स्थापना भएदेखि नै ह्ृदयदेखि नै सहयोग गर्दै आएका व्यक्ति हुन विनयजंग बस्नेत । जस्का हालका अध्यक्ष छन् मनभरी जोश र जाँगरले भरिएका निर्मल मगराती ।
हो त्यही संस्था दौडियोस भनेर खोलिएको छ होचापुड्का कल्याणकारी कोष ।
गत शनिवार मात्र स्थापना भएको यो कोषका लागि उनै बस्नेतले १२ हजार सहयोग गरेका छन् । त्यो पनि सहकारीबाट ऋण लिएर । आजै भृकुटीमण्डपमा एक कार्यक्रमबीच संस्थाका अध्यक्ष मगरातीलाई एक्सन फर सोसल चेन्जका अध्यक्ष बस्नेत र सोही संस्थाको महिला विभाग प्रमुख पवित्रा लामाले सो रकम हस्तान्तरण गरेका हुन् ।
बस्नेतले सो सस्थालाई २५ हजार सहयोग गर्ने बचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...