नवराज सिलवालको किर्ते प्रकरण बल्झदै,कारबाही गर्न सरकारी वकिलले सर्वेन्द्र खनाल गुहारे
एमाले सांसद एवं पुर्वडिआईजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ ।