विप्लबलाई फकाऊछु नमाने जाक्छु भन्दै बादलले भने-३०० कामचोर ठेकेदारको लिस्ट बनेको छ,अब जेल हाल्छु



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधवार पत्रकार सम्मेलनमार्फत आफ्ना १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । गत फागुन १४ गते गृहमन्त्रीको पद सम्हालेका बादलले यातायात क्षेत्रमा ब्याप्त आलोपालो प्रथा (सिन्डिकेट) तोड्नेदेखि सुन तस्करीको जालो भत्काउनेसम्मलाई आफ्ना १०० दिने उपलब्धिमा समेटेका छन् ।

लामो समयदेखि प्रहरीमा रोकिएको बढुवा प्रक्रियालाई निरन्तरता दिनु, ७ वटै प्रदेशमा सुरक्षा गोष्ठी गर्नुलाई पनि गृहमन्त्रीले आफ्ना १०० दिने उपलब्धिमा समेटेका छन् । गृहमन्त्रीले विकास निर्माणका क्षेत्रमा व्याप्त ढिलासुस्ती अन्त्य गर्न समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिया पनि शुरु गरेका छन् ।

तर गृहमन्त्रालयको महत्त्वपूर्ण काम मानिएको आन्तरिक सुरक्षा व्यवस्थापनमा उनकै पूर्व सहयात्री नेत्रबिक्रम चन्द ‘विप्लव’ ठूलो चुनौती बनेर अगाडि आएका छन् । आफ्ना १०० दिने उपलब्धि सार्वजनिक गर्न बिहीवार गृहमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेको बादलले राष्ट्रिय सुरक्षाका लागि विप्लव नेतृत्वको नेकपा चुनौती बनेको बताए ।

‘चुनावका बेला बम बिस्फोट गराउनेदेखि केही दिन अगाडि मात्रै प्रमुख निर्वाचन आयुक्तको घरमा बम बिस्फोट गराउने कार्यमा बिप्लव नेतृत्वकै नेकपाको संलग्नता छ,’ पत्रकारमाझ विप्लवले भने, ‘अहिलको राज्य व्यवस्था नै उल्ट्याउँछु भन्ने, जनताले लामो संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउन खोज्ने, यो एक प्रकारको अतिवादी राजनीतिक प्रवत्ति हो । यसको कुनै गन्तव्य छैन ।’

आन्तरिक सुरक्षाको महत्त्वपूर्ण जिम्मा पाएको गृह मन्त्रालयको नेतृत्वमा रहेका बादलले विप्लवका गतिविधिले अस्थिरता मात्रै फैलाइरहेको बताए । विप्लव राजनीतिक मूलप्रवाहमा आउन् भन्ने चाहना पनि गृहमन्त्रीले व्यक्त गरे ।

‘प्रधानमन्त्रीले पनि उनीहरुलाई राजनीतिक मूलप्रवाहमा आउन भनेर आह्वान गरिरहनुभएको छ,’ बादलको भनाइ थियो, ‘एनसेलका टावरमा बम पड्काउने कार्य राजनीतिक क्रान्ति हुन सक्दैन । राजनीतिक परिवर्तन भइसकेको छ । आर्थिक समृद्धिमा सहभागी हुन राजनीतिक मूल प्रवाहमा आउनु पर्यो ।’

आन्तरिक सुरक्षाका लागि विप्लवलाई पहिलो चूनौतीको रुपमा परिभाषित गरेका बादलले देशलाई बिखण्ड गर्न खोज्ने तत्वहरु पनि सक्रिय रहेको बताए । ‘सिके राउत, ज्वाला सिंह, गोइतहरु छुट्टै मधेस देशको अभियान चलाइरहेका छन्,’ गृहमन्त्री बादलले भने, ‘यस्तै यो देशलाई हिन्दू अधिराज्य बनाउँछौं भन्ने र देशका सबै मन्दिर भत्काएर चर्च बनाउँछौं भन्नेहरु पनि अस्थिरता फैलाउन सक्रिय छन् । तर उनीहरु सफल हुने कुनै संभावना र आधार छैन ।’

‘सुन काण्डका ‘ठूला माछा’ छट्पटाउन थाले’

गृहमन्त्री बादलले सुनकाण्डको छानबिनले पछिल्लो समय ‘ठूला माछा’हरु छट्पटाउन थालेको बताए । पछिल्लो समय केही पूर्व प्रहरी अधिकारीहरुले सुनकाण्डको छानबिन नै त्रुटिपूर्ण रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि गृहमन्त्री थापाले ठूला माछाहरु छट्पटिन थालेको टिप्पणी गरे ।

उनले सुन काण्डमा संलग्न सबै तहका व्यक्तिलाई कानूनी दायरमा ल्याइने गृहमन्त्रीको दावी थियो ।

समयमा काम नसक्ने जोसुकै ठेकेदारलाई पनि कारबाही गरिने
गृहमन्त्री थापाले पछिल्लो समय विकास निर्माणका कार्यमा भइरहेको ढिलाइको कारण ठेकेदारहरु रहेको भन्दै उनीहरुमाथि कारबाहीका लागि विवरण शंकलन थालेका छन् । गृहमन्त्रालयले संकलन गरेको विवरणका अनुसार काठमाडौं उपत्यकामा मात्रै साना र ठूला गरी करिब ५ सय वटा सडक आयोजना निर्माणाधिन अवस्थामा छन् । जसमध्ये ३०० आयोजना ठेकेदारकै कारण अलपत्र परेका छन् ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गृहमन्त्रीले प्रतिनिधित्व गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै घरभेटी ठेकेदारले दर्जनौं सडक आयोजना अलपत्र पारेको विषयमा प्रश्न उठाए । जवफमा गृहमन्त्री थापाले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने जोसुकै ठेकेदारलाई पनि कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्