प्रधानमन्त्री ओलीले सम्मान सहित पार्टीमा हुलेका कामचोर ठेकेदार प्रहरी खोरमा,प्रचण्डका घरबेटी पनि आजै जाकिने



हाम्रो इकोनोमि

सुनाैती खिम्तीका ठेकेदार धर्मराज भण्डारी ‘भिमसेन’लाई प्रहरीले पक्राउ गरेको छ । लामोसाँघु जिरी सडक खण्डमा निर्माणकार्य ढिलाइ गरेको भन्दै प्रहरीले भण्डारीलार्इ पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अासमान तामाङले दिएको जानकारी अनुसार उक्त सडक खण्डमा चैतमा नै गरिसक्नुपर्ने कालाेपत्रे जेठ लाग्दा पनि काम भएको छैन् । ‘पटक पटक म्याद थपिँदा पनि काम गर्नु भएन’ तामाङले भने ‘ काम नगर्ने ठेकेदारलार्इ पक्राउ गरेका हाैं ।’

सिमान्चल, गाैरी पार्वती , सुनाैती खिम्ती कन्स्ट्रक्सनले उक्त ठेक्का लिएका हुन् । सिमान्चल भारतीय कम्पनी हो भने गाैरी पार्वती र खिम्ति नेपाली हो । भारतकाे सरकारकाे अनुदानमा ६५ कराेडकाे ठेक्का ३९ करोडमा लिइएको बताइएको छ ।

भण्डारी गएको संविधानसभा निर्वाचन २०७० मा पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपाबाट तत्कालिन क्षेत्र नम्बर १ मा उममेद्वार भएका थिए । राप्रपाको राजनीति छाडेर केहि प्रतिनिधिसभा निर्वाचनअघि तत्कालिन एमालेमा प्रवेश गरेका थिए । भण्डारी हालका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा अोलीले खादा अोढाएर पार्टीमा भित्र्याएका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले भने, ‘सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीलाई कारवाही हुन्छ ।’

‘राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई कारबाही गर्छौँ । ठगहरुलाई कारबाही गर्ने काममा पछि हट्दैनौँ’, उनले भने, ‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ ।’ बादलले प्रचण्डका घरबेटीलाई पनि आजै समात्न निर्देशन दिएको श्रोतको भनाई छ। प्रचण्डका घर बेटी शारदा प्रसाद अधिकारी पनि काम चोर ठेकेदारको सुचीमा १ नम्बरमा छन्।

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...

हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

   प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका...

इजरायलमा २ हजार ३ सय जना नेपाली कामदार माग

  वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३...

निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द

     सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य...