बलात्कारी जोगाउन नक्कली कागजात बनाउने बीर अस्पतालका यी दुई भाईलाई जाक्न अख्तियारले गुहार माग्यो



हाम्रो इकोनोमि

वीर अस्पतालमा कार्यरत दुई कर्मचारीले बलात्कार मुद्दाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

दुई कर्मचारीसहित कागजात बनाउन लगाउने अरु २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो।

सातौं तहमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र अस्पताल सेवा आयोगको सचिव लक्ष्मणप्रसाद अर्यालले नक्कली लिखत तयार गरेको अख्तियारको आरोप छ।

बलात्कार गर्न खोजेको आरोप लागेका ललितपुरका उद्ववप्रसाद नेपाल घटनाको दिन वीर अस्पतालमा उपचारत रहेको कागजात उनीहरूले बनाएका थिए। सोही कागजात पाटन उच्च अदालतमा पेश भएको थियो।

उक्त कागजात नक्कली रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको थियो। त्यसपछि भएको अनुसन्धानबाट नेपालका ससुरा केदारनाथ पराजुलीले दिएको ५० हजार रुपैयाँ लिएर उनीहरूले नक्कली लिखत बनाइदिएको अख्तियारले जनाएको छ।

नक्कली लिखत बनाउने कार्यमा संलग्न भन्दै चारै जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

वीर अस्पतालका कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नेपालका ससुरा केदारनाथ पराजुलीसँग पचास हजार लेनदेन गरी उद्बवप्रसाद नेपाल चिकित्सा विज्ञान,वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरी नक्कली कागजात पुनरावेदन अदालत, पाटनमा पेश गरेको तथ्य पुष्टि भएको देखिन आएको हुँदा, अख्तियारको अभियोगपत्रमा उल्लेख छ, ‘निज राष्ट्रसेवकद्वय कृष्णप्रसाद तिमिल्सिना र लक्ष्मणप्रसाद अर्याललाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

दफा ९ अनुसार अभियोग प्रमाणित भयो भने उनीहरूलाई तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि ५० रुपैयाँसम्म जरिवाना हुन सक्छ।

त्यस्तै, केदारनाथ पराजुली र उद्बवप्रसाद नेपाललाई अख्तियारले सोही ऐनको दफा ११ बमोजिम कैद र जरिवाना माग गरेको छ। उनीहरूलाई लगाइएको अभियोग प्रमाणित भए तीन महिनादेखि २ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...