प्रधानमन्त्री ओलीको तेजोबध गर्न प्रचण्डले उपेन्द्रलाई अघी सारे,योगेश भट्टराईले पनि दिए साथ



हाम्रो इकोनोमि

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भित्री रुपमा गठबन्धन बनेसँगै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली अहिले अप्ठ्यारोमा परेका छन् ।
स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपासँग दुई बुँदे सहमति गरेर र सरकारमा सहभागी जनाए । यसमा नेकपाका अध्यक्ष प्रचण्डको ठूलो हात छ । प्रचण्डकै कारण उपेन्द्र सरकारमा आउन सम्भव भएको कुरा नेकपाभित्रका नेताहरुको दाबी छ ।

हुन पनि हो, प्रचण्ड र उपेन्द्रबीच धेरै कुरामा समानता पाईन्छ । अहिले संविधान संशोधन प्रस्तावमा प्रचण्डले समर्थन गर्ने ग्रिन सिग्नल दिएका छन् । यता शासकीय स्वरुपमा प्रचण्डको प्रस्तावमा उपेन्द्रको समर्थन छ । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकालत गरेको धेरै पहिलेदेखि नै हो । तत्कालिन नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डामा नेताहरु विभाजित थिए । अहिले एमाले र माओवादी केन्द्रबीच एकता भएको छ । प्रचण्ड अहिले आफ्नो पक्षमा नेताहरुलाई राख्ने कसरतमा छन् ।

कतिपयले त आउने दिनमा प्रचण्डले पार्टीभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने समेत संभावना देखिरहेका छन् ।
नेकपाका नेता योगेश भट्टराईले भनेका छन्,‘मेरो साथ अध्यक्ष प्रचण्डलाई छ, प्रचण्डजीको एजेण्डा हाम्रो एजेण्डा हो ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...