समाचार

मिंयो बिनाको दाइँ गर्ने मुख्यमन्त्रीलाई काँजो लगाएर सनासो कस्ने यस्तो छ प्रधानमन्त्री ओलीको दाउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नागरिक’ अभिनन्दनका क्रममा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबावु राउतले बोलेको कुराले बहस सिर्जना गरेको छ । नयाँ संविधानमा भएको व्यबस्था अनुसार मुख्यमन्त्रीमा निर्वाचित भएका राउतले शपथमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै संविधानलाई विभेदकारी भन्न भ्याए ।