नेपालमा रहेका पुराना भारु साट्न ओलीले गरेको आग्रहलाई मोदीले यसरी ठाडै अस्वीकार गर्दिए



हाम्रो इकोनोमि

नेपालमा रहेका १ हजार र ५ सय दरका पुराना भारतीय नोट नसाटिने सम्भावना देखिएको छ। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको खुलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार त्यस विषयमा मोदीले ठोस जवाफ दिएका छैनन्। भेटवार्तामा आफूले पुराना नोट साट्नेबारे कुरा गरे पनि मोदीले ठोस जवाफ नदिएको ओलीले आइतबार संसद्‌लाई जानकारी गराएका छन्। ओलीको भनाइ त्यस्ता नोट सतिने भन्दा पनि नसाटिने बिषयमा मोदीले जोड दिएकोमा केन्द्रित थियो।

डेढ वर्षअघि भारतले पुराना १ हजार र ५ सय दरका नोट सञ्चालनमा प्रतिवन्ध लगाएको थियो। भारतमा रहेका त्यस्ता नोट साटिए पनि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन्। नेपालले पटक-पटक नोट साट्न आग्रह गरे पनि भारतले त्यसमा चासो दिएको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...