तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा



हाम्रो इकोनोमि

 

 

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए । त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो ।

सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा एक जना प्रस्तोताले पढेर सुनाएका थिए ।

रगतको बदला लिने’ चेतावनी

सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ बताएका छन् । साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन चेतावनी पनि दिएका छन् ।

आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनेईले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन् । उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...