तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा



हाम्रो इकोनोमि

 

 

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए । त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो ।

सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा एक जना प्रस्तोताले पढेर सुनाएका थिए ।

रगतको बदला लिने’ चेतावनी

सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ बताएका छन् । साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन चेतावनी पनि दिएका छन् ।

आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनेईले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन् । उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...