माओबादी प्रधानमन्त्री ओली संग यसरी आगो भयो,एकता होइन सरकार बाटै बाहिरिन चल्दैछ यस्तो छलफल



हाम्रो इकोनोमि

एकीकरण अन्तिम चरणमा पुगेको बताइरहँदा नेकपा एमाले र माओवादी केन्द्रबिच सरकार सञ्चालनका महत्वपूर्ण प्रशासनिक विषयमा नै गम्भीर मतभेद देखिएको छ ।

प्रमुख सत्तारुढ घटक एमाले र माओवादीबिचको सरकार सञ्चालन सम्बन्धी प्रशासनिक विषयका विवादले वाम एकता मात्रै होइन सरकारको भविष्य नै संकटमा परेको जस्तो विश्लेषण गर्न थालिएको छ ।

यसको सबैभन्दा ठूलो घटनाका रुपमा माओवादी नेता वर्षमान पुनले नेतृत्व गरेको उर्जा मन्त्रालय र लगानी बोर्ड समानान्तर संस्थाका रुपमा देखिनु रहेको छ । उर्जा मन्त्री पुनले यसबारे आफैले आपत्ति जनाएका छन् ।

मन्त्री पुन निकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई मन्त्री पुनले आफ्नो असन्तुष्टिसहित मन्त्रालयको क्षेत्राधिकार बारे स्पष्ट नभए काम गर्न असहज हुने यसअघि नै बताइसकेका छन् ।

यद्यपी उनले राजीनामाको कुरा निकालेका छैनन् तर काम गर्न धेरै नै असजिलो भएको आफ्ना अध्यक्षलाई ब्रिफिङ गरिसकेका छन् । त्यो सन्देश माओवादी अध्यक्ष प्रचण्डले ओलीसम्म पुर्‍याइसकेका थिए ।

५०० मेगावाटको जलविद्युत परियोना या आयोजनाको लगानी बोर्डले अनुमति पत्र दिने र त्यो भन्दा माथिको परियोनाजका लागि उर्जा मन्त्रालयले दिने नियम छ । तर गएको चैत २० मा ९०० मेगावाटको अरुण तेस्रोको अनुमति पत्र बोर्डले नै दियो ।

त्यहि बेला उर्जामन्त्री पुनको असन्तुष्टि बालुटार पुगे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला शुक्रबार राति अरुण तेस्रोको शिलान्यास भयो । त्यो बेला देखिएनन् वर्षमान पुन । कारण त्यहि थियो, अथवा उनको विरोध यथावत थियो । मन्त्रीलाई उनको असन्तुष्टिकै कारण नबोलाइएको उनी निकट स्रोत बताउँछ ।

यही घटनाका कारण माओवादीका कुनै पनि मन्त्री प्रधानमन्त्री ओलीद्वारा मोदीका लागि आयोजित कुनै पनि पार्टी वा रिसेप्सनमा उपस्थित भएनन् । उनीहरु काठमाडौं महानगरपालिकाले गरेको कार्यक्रममा पनि गएनन् ।

राष्ट्रिय लगानी बोर्ड भने मन्त्रालय र आफूबिच कुनै किसिमको असमझदारी नरहेको दाबी गर्छ । बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले उर्जा मन्त्रालय र आफूहरुबिच कुनै विवाद नरहेको बताउँछन् ।

हामीले यसबारे उनीसँग कुराकानी गरेका थियौँ ।

उर्जा मन्त्रालय र बोर्डबिच असझदारी हो ?

त्यस्तो नहुनु पर्ने । मलाई त्यस्तो लाग्दैन ।

उर्जा मन्त्रीलाई निमन्त्रणा नगएको किन नि ?

(यसबारे उनी बोल्न चाहेनन्), म कार्यक्रममा जाँदैछु भनेर टारे ।

अरुण तेस्रोको विवाद त बाहिर आयो नि ?

मन्त्रालय र बोर्ड अरुण तेस्रोमा क्लियर छौँ । उर्जाबाट पहिले नै बिडिङ भएर आएको हुनाले त्यस्तो कुनै कन्फ्यजन छैन ।

नियम अनुसार उर्जाले अनुमति दिनु पर्नेमा बोर्डले किन दिएको छ ?

यो विषयमा अहिले म धेरै बोल्न चाहन्न । यो निर्णय र स्वीकृत भइसकेको विषय हो ।

उर्जा मन्त्रीको त असन्तुष्टि छ नि ?

त्यस्तो भए ३५ दिने समय थियो नि । मन्त्री ज्यूले त्यसमा असन्तुष्टि जनाए जस्तो लाग्दैन ।

उसो भए शिलान्यामाशमा किन किन आएनन् त उर्जा मन्त्री ?

शिलान्याश सानो कार्यक्रम थियो । त्यसको सबै व्यवस्था परराष्ट्र मन्त्रालयले हेर्ने हो । हामी पनि पाहुना भएर उभिएका थियौँ पछाडि ।

उर्जा मन्त्रालय र बोर्डबिच सहकार्य छैन भन्ने छ नि ?

हामी सहकार्यमै छौँ । मन्त्री ज्यूले राम्रो कुरा गरिराख्नु भा छ । उहाँले त अझ बोर्डलाई काम पुगेन भन्नु भएको छ र उर्जाले काम दिने छ पनि भन्नु भा छ । फाटो ल्याउन बाहिर बनाइएका कुरा हुन्, यी सबै ।

मन्त्री ज्यूसँग मैले भेट्न चाहेको थिएँ । पिएसँग कुरा गरेँ । उहाँ व्यस्त हुनुहुन्थ्यो । अरुण तेस्रो बारे डिडेल ब्रिफिङ गर्न चाहेको थिएँ, पाइएन । मन्त्रीलाई निमन्त्रणना दिने नदिने विषय बोर्डको नभइ परराष्ट्रको हो । उसैले हेरेको छ ।

एकीकरणको अन्तिम चरणमा पुगेका भनिएका र त्यस्तै रहेको बताउने एमाले–माओवादीबिच सरकार सञ्चालनमा देखिएको यो विवादले समस्या खडा गरेको छ ।

मोदीको नेपाल भ्रमण सकिएपछि एकीकरण बारे अन्तिम टुंगो दुई पार्टीबिच समझदारी भएको थियो।

तर ओली नेतृत्वको सरकारको कार्यशैलीका कराण माओवादीका मन्त्री मात्रै होइन नेताहरु पनि असन्तुष्ट बनेको स्रोत बताउँछ । यो असन्तुष्टिले पार्टी एकीकरणमा गम्भीर धक्का लाग्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...