नेकपा केन्द्रीय सदस्यसहितका नेता-कार्यकर्ता एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा अछाम क्षेत्र नम्बर १ को राजनीतिक माहोल झनै तातिएको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट भीम रावल ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दिपक साउँद र नेपाली कांग्रेस का उम्मेदवार भरतकुमार स्वाँर बीच कडा प्रतिस्पर्धा हुने विश्लेषण छ ।

तर,निर्वाचन नजिकिँदै गर्दा आफ्नै पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा फर्किएपछि रावललाई चुनौती थपिएको छ । उनीहरूले सामूहिक राजीनामा दिँदै “घर” फर्किएको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिक उम्मेदवार बनेकी साउँद पछि नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य बनेकी थिइन् । नेकपा एकीकृत समाजवादी रहँदा उनी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री थिइन् । उनले मुलुकको समृद्धि र विकास एमालेबाट मात्रै सम्भव हुने निष्कर्षसहित पुनः एमालेमा फर्किएको बताएकी छन् ।

एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहराले पूर्व राज्यमन्त्रीसहित प्रभावशाली नेता–कार्यकर्ता पार्टीमा फर्कनु एमालेका लागि सकारात्मक सङ्केत भएको बताए । पार्टीमा समाहित हुने सबैलाई स्वागत गर्दै उनले अछाममा एमालेप्रतिको जनसमर्थन बढ्दै गएको दाबी गरे । एमालेले आज चौरपाटीबाट आमसभा सुरु गर्ने तयारी गरेको छ । एमालेमा समाहित भएका नेता–कार्यकर्ता आजदेखि नै चुनावी अभियानमा सक्रिय हुने बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...