२ नम्बर प्रदेशका मुख्यमन्त्रीले मोदीलाई लगाएको पोल बारे संसद बाट ओलीले हाने यसरी यस्तो चड्कन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला राष्ट्रिय मर्यादा तथा कुटनीतिक मर्यादा विपरित काम भएको स्वीकार गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण बारे संसदलाई जानकारी गराउने क्रममा आइतबार प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को जनकपुरमा मोदीको नागरिक अभिनन्दनका बेला राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादाको कसीमा नअटाउने गरी केही कमीकमजोरी भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले त्यो गतिविधि अनुपयुक्त रहेको बताए । तर देशको परराष्ट्र नीति केन्द्र सरकारको परराष्ट्र मन्त्रालयले हेर्ने र त्यहाँ व्यक्त भएको धारणा सरकारको आधिकारिक धारणा नरहेको बताए ।

परराष्ट्र नीतिबारे सरकारको धारणा स्पष्ट रहेको ओलीले बताए । तर जनकपुरमा त्यहाँका नागरिकको उत्साह भने देखिएको संसदमा बताए ।

प्रधानमन्त्री ओलीले तीन वर्षअघि भारतले गरेको नाकाबन्दी र त्यसको प्रभावबारे मोदीले माफी माग्नु पर्ने भनि विभिन्न पक्षबाट आएका कुराबारे आफू जानकार रहेको संकेत गरे ।

उनले भने, ‘मोदी जीको भ्रमण अघि र भ्रमणको क्रममा पनि फेरि गल्ती नहोस् भनेर झकझक्याउने काम भयो । देश भक्ति र सजगतालाई प्रशंसा गर्न चाहन्छु । नेपाली जनताले सरकारलाई गल्ती नहोस भनेर झकझकम्याइ रहे । चुक्ने काम नहोस् । विगतका कमीहरु सच्याउने काम होस् । यस्तो समस्या छन् भनेर खबरदारी गरे ।’

मिडिया, बुद्धिजीवि र आमा नागरिकले पनि चासो दिएको ओलीको भनाई छ । ती सबैलाई सकारात्मक रुपमा लिएको उनले बताए । दुई देशबिचको सम्बन्ध स्वतन्त्रता र सहकार्यका रुपमा अघि बढाउनु पर्नेमा आफूहरु सचेत रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...