प्रण्चडका गुरु मोहन बैद्यको खुलासा, प्रचण्डलाई महासचिव मैले नै बनाएँ, अहिले मलाई टेर्दैनन
नेपाल कम्युनिस्ट पार्टीको स्थापना विस २००६ सालमा भयो । पुष्पलाल श्रेष्ठसहित चार युवा नेताले पार्टी स्थापना गरे । ०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझी दरबार छिरे । त्यसपछि मुलभूत रूपमा कम्युनिस्ट आन्दोलनमा दुई धार देखापर्यो ।