विश्वकपको बाजी खेलाउने ३ जना ४ लाख नगद सहित काठमाडौंबाट पक्राउ, जाकिए प्रहरी खोरमा



हाम्रो इकोनोमि

 

विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ ।

 

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र  ३३ वर्षीय मुखिया गुरुङ छन् ।

 

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...