विश्वकपको बाजी खेलाउने ३ जना ४ लाख नगद सहित काठमाडौंबाट पक्राउ, जाकिए प्रहरी खोरमा



हाम्रो इकोनोमि

 

विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ ।

 

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र  ३३ वर्षीय मुखिया गुरुङ छन् ।

 

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...