आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति



हाम्रो इकोनोमि

 

 

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले नियुक्तिमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकार नागरिकमाथि धरपकडमा उत्रिएको भन्दै आलोचना गरेका छन् ।

लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्रै आधार बनाउन नहुने पौडेलको भनाइ छ । उनले सरकारी नियुक्तिमा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत प्राथमिकता दिनुपर्ने बताएका छन् ।

लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड, त्यो पनि मध्यरातमै, अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने , सरकारको यस्तो रवैयाको समर्थन गर्न सकिँदैन  पौडेलले भनेका छन् ।

उनले लुम्बिनीलाई बुद्धको जन्मस्थलमा मात्र सीमित नराखी नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदाका रूपमा व्याख्या गरेका छन् । यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त नहुने उनको तर्क छ ।

आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको उल्लेख गर्दै पौडेलले ती प्रश्नको जवाफ नदिएसम्म सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न नसक्ने बताएका छन् । सरकारलाई निर्णय सच्याउन आग्रह गर्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउने प्रवृत्तिको विरोध गरेका छन् । सरकारलाई मेरो विरोध होइन, सुझाव छ । राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ । गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन पौडेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...